एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)बिरुद्ध एटलान्टाले अग्रता लिएको छ ।
पोर्चुगलको लिस्बोनमा पहिलो हाफको खेल सकिदाँ ईटालियन क्लब एटलान्टाले १–० को अग्रता बनाएको हो ।
पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा मारियाे पासालिसले एटलान्टालाई अग्रता दिलाएका छन् ।
पहिलो हाफमा पीएसजीका लागि नेयमारले अग्रपङ्तीमा राम्रो प्रर्दशन गरेपछि गोल निकाल्न सकेका छैनन् । उनका सहकर्मी एम्बाप्पेलाई चोटका कारण बेन्चमा राखिएको छ ।
यस सिजनकाे च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल सिंगल लेगमा खेलिएको हो । विजेता टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछ ।
दुवै टिम च्याम्पियन्स लिगको फाईनल पुग्न सकेका छैनन् । विजेता टिमले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ ।