एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि नजिक रहेको रियल मड्रिडले भिल्ला रियलविरुद्ध अग्रता बनाएको छ ।
अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियलले १-० गोलको अग्रता बनाएको हो ।
खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।
रियल घरेलु मैदानमा जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । रियललाई उपाधिका लागि मात्र २ अंकको आवश्यकता रहेको छ ।
भिल्लालाई हराउँन सके रियलले एक खेल अगाबै ३४ औं पटक ला लिगाको उपाधि जित्नेछ । बराबरी र हारले अर्को खेल कुर्नुपर्ने हुन्छ ।
अर्को खेलमा बार्सिलोना भने ओसासुनाविरुद्ध १-० ले पछि परेको छ ।
खेलको १९ औं मिनेटमा जोसे अर्निजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका हुन् ।