एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अग्रता बनाएको छ ।
शनिबार राति रियल भालाडोलिडबिरुद्धको खेलमा बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको हो ।
बार्सिलोनाका लागि खेलको १५ औं मिनेटमा अर्तुरो भिडालले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
उपाधि होडको गणितिय सम्भावना कायम राख्न बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । उसले ३५ खेलबाट ७६ अंक छ ।
शीर्ष स्थानको रियल मड्रिडले ४ अंकको अग्रता लिएको छ । रियल भालाडोलिड ३९ अंक सहित १४ औं स्थानमा छ ।