एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल शनिबारबाट सुचारु भएको छ ।
पहिलो दिन विभिन्न ६ खेल हुँदैछ । जसमा पाँच खेल भईरहेको छ ।
पहिलो हाफको खेल जारी रहदा बोरुसिया डर्टमण्डले शाल्केविरुद्ध २-० को अग्रता बनाएको छ ।
डर्टमण्डका लागि अर्लिङ हालाण्ड र राफेल गुईरेरियोले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न लक्ष्य सहित मैदान उत्रनेछ ।
डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ ।