काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपालले अहिले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । र, थाइल्याण्डविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
ओपनर पारस खड्का ९ रनमा आउट भए ।
नेपालले २ ओभरको खेल सकिदा १ विकेट गुमाएर १४ रन जोडेको छ ।