काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपालले अहिले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा घरेलु टिम थाइल्याण्डले सुरुवातमा ब्याटिङ गरिरहेको छ । र, थाइल्याण्डविरुद्ध नेपाललाई आठौं विकेटको सफलता मिलेको छ ।
अविनाश बोहराले थाइल्याण्डका चानछाईलाई २ रनमा आउट गरे ।
थाइल्याण्डले १८ ओभरको खेल सकिदा ८ विकेट गुमाएर ५८ रन जोडेको छ ।