बेनी । चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल वर्षाको कारण प्रभावित भएको छ ।
पर्वतको बेनीमा निरन्तर परेको वर्षाको कारण शुक्रबार तय भएको फाइनल र तेस्रो स्थानको लागि हुने खेल प्रभावित भएको हो ।
प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । तर, वर्षाको कारण बिहान ११ बजे सुरु हुने भनिएको खेल अझै सुरु भएको छैन ।
यस्तै तेस्रो स्थानको लागि न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले वर्षा रोकिएपछि शुक्रबार नै खेल गराउने जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।