काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १-० गोल अन्तरले अग्रता बनाएको छ ।
सन्तोष साहुखलले खेलको ४१ औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाएका हुन् ।
त्यसअघि खेलको २४ औं मिनेटमा सन्तोषकै कडा प्रहार संकटाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।