काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाल उपाधि जित्ने लक्ष्यसहित कोर्ट उत्रिएको छ ।
समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ ।
लामो समय अन्तराष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ ।
लाईभ हेर्नुहोस् -