काठमाडौं । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अहिले नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।
नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।
बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।
खेल लाईभ हेर्नुहोस् -