काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले अहिले बलियो टिम कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले कीर्गिस्तानलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
खेल लाईभ हेर्नुहोस् -
भिडियो - बंगलादेश भलिबल फेडेरेसन