काठमाडौं । इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले अहिले किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
तेहरानस्थित पीएएस रंगशालामा नेपाल किर्गीस्तानलाई पराजित गर्ने योजनासहित मैदान उत्रिएको छ ।
छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।
समूह 'डी' मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।
किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
खेल लाईभ हेर्नुहोस् -