काठमाडौं । दोस्रो संस्करणको के-एनईपी फुटसल प्रतियोगिता भोलि शनिबार आयोजना हुने भएको छ ।
के-एनईपी गेमिङ अर्गनाइजेसनको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित १० हजार पाउने छन् ।
यस्तै उपविजेताले ५ हजार प्राप्त गर्दा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, फेयर प्लेयर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।
दक्षिण कोरियामा रहेको अर्गनाइजेसनले दोस्रो पटक यस प्रतियोगिता आयोजना गर्न लागेको नेपाल प्रमुख संयोग ढकालले जानकारी गराए ।
ढकालले प्रतियोगिताको सम्पूर्ण तयारी समेत सकिएको जानकारी गराए ।