काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपलाई विश्वचर्चित खेलकुद बल उत्पादक कम्पनी मोल्टेनले साथ दिएको छ ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको आधिकारिक बल पार्टनरको रुपमा मोल्टेनले साथ दिएको हो ।
मोल्टेनको नेपालको आधिकारिक बिक्रेता कम्पनि इनास इन्टरप्राइजेजका प्रमुख राजु बास्तोला र प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको खेलपाटी डटकमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिम बिक्रम केसीले बल प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै प्रतियोगितामा मोल्टेनको फुटसल बल प्रयोग हुनेछ ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुँदैछ ।
प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउदै छन् । यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउदै छन् । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ ।
पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।