धनगढी । पूर्व मन्त्री टेकबहादुर चोखालको सम्झनामा दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप हुने भएको छ ।
निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो ।
टेकबहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा प्रतियोगिता कात्तिक १३ गतेदेखि १५ गतेसम्म हुनेछ ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका वडाका टीमहरु सहभागी हुने फुटसल प्रतियोगिता हुने टेकबहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
पहिलो संस्करणको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनले जनाएको छ ।