काठमाडौं । वेल्सका मिडफिल्डर जो एलेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
एलनले ३२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
एलन वेल्सका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन् ।
एलनले वेल्सका लागि ७४ खेलमा २ गोल गरेका छन् ।
स्वान्सी सिटीका मिडफिल्डर एलन कतार विश्वकपमा टिममा रहेका थिए ।
'म धेरै भाग्यशाली छु । मैले यो यात्रा अविश्वसनीय व्यक्तिहरूसँग साझा गरेको छु,' सन्यास घोषणा गर्दै एलनले भनेका छन्, 'मेरो परिवार, टोलीका साथी, स्टाफ र फ्यानहरूले यसलाई विशेष बनाएका छन् र म तपाईहरू सबैप्रति धेरै आभारी छु ।'
एलन लिभरपुल र स्टोक सिटीका पूर्व मिडफिल्डर समेत हुन् ।