काठमाडौं । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबलको तयारी तीव्र पारिएको छ ।
आयोजक विराट गोल्डकप ट्रष्टले प्रतियोगिताका लागि आफ्नो तयारीलाई तिव्रता दिईएको जनाएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ ।
फ्लड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।
नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ सुवाशीश कोइरालाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट विक्रीसम्मका योजनाहरु बनाएर अघि बढेको बताइएको छ ।
प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो ।
यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् । कम्तिमा २ वटा विदेशी टिमलार्य पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए ।
प्रतियोगिताका लागि अहिले विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको छ । त्यहाँ दिनहु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो ।
पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो ।
एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ । सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने छ ।
नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ कोइरालाले जानकारी दिए ।