काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
फ्रेन्ड्सले बुधबार सामाजिक संजालबाट उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
नेपाली यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।
नयाँ सिजनका लागि थ्री स्टारले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।