काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डुसान भाल्होभिचले दुई गोल गरे । फिलिप कोस्टिकले एक गोल थपे ।
खेलको २६ औं मिनेटमा डुसानले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा फिलिपले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा डुसानले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।
जितसँगै युभेन्ट्सले २१ खेलमा २६ अंक जोडेको छ ।
युभेन्ट्स दशौँ स्थानमा रहेको छ ।
सालेर्निटाना २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।