काठमाडौं । जर्मन क्लब बायर लिभरकुसेनले जाभी अलन्सोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बुन्डेसलिगा क्लबले स्पेनिस प्रशिक्षक अलन्सोसँग दुई वर्षको सम्झौता गरेका छन् ।
लिभरकुसेनले गेरार्डो सिओनेलाई बर्खास्त गरेपछि अलन्सोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
४० वर्षीय अलन्सोले यस अघि स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको 'बी' टिम हेरेका थिए ।
स्पेनका पूर्व मिडफिल्डर अलन्सोले तीन सिजन सोसिडाडको 'बी' टोलीमा रहेर काम गरेन थिए ।
लिभरपुल, रियल मड्रिड र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले २०२४ सम्म लिभरकुसेनमा रहने छन् ।