इटहरी । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर एकको पुरुष फुटबल टिम हेर्ने भएका छन् ।
प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले तामाङलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौंका लागि फुटबलको प्रशिक्षक नियुक्त गरेको छ ।
नवौंका लागि प्रदेश १ पुरुष फुटबल टोलीलाई प्रशिक्षण गराउन र टिम हेर्न तामाङलाई उक्त जिम्मेवारी दिइएको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले जनाएको छ ।
प्रदेश एक खेलकुद विकास बोर्डले फुटबलको बन्द प्रशिक्षण असोज २५ गतेसम्म इटहरी रंगशालामा गर्ने बताएको छ ।
नवौंका लागि प्रदेश एकको फुटबल टोली छनौट भईसकेको छ । जसमा कुल २० खेलाडीहरु छनौट भएका छन्।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ ।