काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा एड्डी एनकेटीह,रोब होल्डीङ र फाबियो भिइराले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा रोबले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'ए' को आर्सनलले शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले २ खेलमा ६ अंक जोडेको छ ।
बोडो ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।