काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले ओमोनियालाई ३-२ गोल अन्तरले हराएको हो ।
रोमान्चक खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो ।
खेलको ३४ औं मिनेटमा करिमले गोल गर्दै ओमोनियोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,५३ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-१ को बराबरीमा ल्याए ।
खेलको ६३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-१ को बनाए ।
८४ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा ओमोनियोका निकोलसले गोल गरेपनि युनाईटेड ३-२ गोल अन्तरले विजयी भयो ।
जितसँगै युनाईटेडले ३ खेलमा ६ अंक जोडेको छ ।
युनाईटेड समूह ई को दोस्रो स्थानमा रहेको छ ।
ओमोनियो अंक विहीन रहदै पुछारमा रहेको छ ।