काठमाडौं । बेल्जियन फरवार्ड ड्रिज मर्टेन्स टर्किस क्लब गालातासारेमा अनुबन्धित भएका छन् ।
टर्किस क्लबले मर्टेन्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३५ वर्षीय फरवार्डले गालातासारेसँग एक वर्षको सम्झौता गरेका छन् ।
इटालियन क्लब नापोलीसँगको सम्झौता अन्त्य गर्दै उनी टर्की आएका हुन् ।
नापोलीका लागि उनले २ सय ९५ लिग खेलमा १ सय १३ गोल गरेका थिए ।
उनी २०१३ मा नापोली आएका थिए ।
बेल्जियमका लागि उनले १ सय ५ खेलमा २१ गोल गरिसकेका छन् ।