काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज फरवार्ड गोन्कालो गुएडेसलाई अनुबन्ध गरेको छ ।
उल्भ्सले गुएडेसलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय फरवार्डले उल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।
गुएडेसलाई उल्भ्सले २७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
राउल जेमिनेज चोटको कारण लामो समय मैदान बाहिर रहने भएपछि उल्भ्सले उनलाई अनुबन्ध गरेको हो ।
उनी २०१८ मा पीएसजीबाट भ्यालेन्सिया आएका थिए ।
भ्यालेन्सियाका लागि १ सय ४६ ला लिगामा २८ गोल गरेका छन् ।
उनले स्पेनिस क्लबका लागि कुल १ सय ७८ खेलमा ३६ गोल गरेका छन् ।
उनले पोर्चुगलका लागि ३२ खेल ७ गोल गरिसकेका छन् ।