काठमाडौं । मिडफिल्डर इस्कोले स्पेनिस क्लब सेभियामा २२ नम्बरको जर्सी लगाउने भएका छन् ।
सेभियाले हालै अनुबन्धित इस्कोले २२ नम्बरको जर्सी लगाउने जनाएको छ ।
सेभियाले इस्कोसँग औपचारिक सम्झौता समेत गरेको छ ।
इस्कोले सेभियासँग २ वर्षको सम्झौता गरेका छन् ।
सेभियाले फ्री ट्रान्सफरमा मिडफिल्डर इस्कोलाई अनुबन्ध गरेको हो ।
इस्कोले सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेका थिए ।
स्पेनिस मिडफिल्डर इस्कोले ९ वर्ष बिताएर रियल छाडेका हुन् ।
३० वर्षीय इस्को २०१३ मा मालागाबाट रियल आएका थिए ।
रियलका लागि इस्कोले ३ सय ५२ खेलमा ५३ गोल गरेका थिए । जसमा ५६ असिस्ट रहेको छ ।
गत सिजन रियलका लागि उनले १३ खेल खेलेका थिए ।
इस्कोले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन् ।