काठमाडौं । १५ औं राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता असार २० गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय विभूति आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तिमा आयोजना हुने प्रतियोगिता असार २९ गतेसम्म चल्नेछ ।
तनहुको भानु रंगशाला भन्सार बजारमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले १ लाख प्राप्त गर्दा सेमिफाइनल पुग्ने टोलीले २०/२० हजार पाउने आयोजक भन्सार युवा परिवारले जनाएको छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकिपर, अनुशासित टोली र म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिनेछ ।
यस्तै छेलो र बाघचाल प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।