काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन् ।
सिजनको अन्त्यसँगै फर्नान्डिन्होले प्रिमियर लिग छाडेका थिए ।
ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन् ।
एथलेटिको ३७ वर्षीय मिडफिल्डरको पहिलो व्यवसायिक क्लब हो ।
उनी सन् २००५ मा एथलेटिको छाडेर शाख्तर डोनेक्स्ट गएका थिए ।
फर्नान्डिन्हो २०१३ मा शाख्तरबाट सिटी आएका थिए ।
उनले सिटीका लागि ५ प्रिमियर लिग, एक एफए कप र ईएफएल कप जितेका छन् ।