काठमाडौं । इंग्लिस क्लब आर्सनलले गोलकिपर म्याट टर्नरलाई अनुबन्ध गरेको छ ।
अमेरिकाका गोलकिपर टर्नरलाई एमएलएस लिग क्लब न्यु इंग्ल्यान्ड रिभोलुसनबाट अनुबन्ध गरेको हो ।
२८ वर्षीय गोलकिपरले आर्सनलसँग लामो समयको सम्झौता गरेका छन् ।
एमएलएसमा क्लबमा ६ वर्ष बिताउदा उनले १ सय २ खेल खेलेका छन् ।
अमेरिकाका लागि उनले १८ खेल खेलिसकेका छन् ।
आर्सनलले तेस्रो खेलाडीको रुपमा गोलकिपर टर्नरलाई अनुबन्ध गरेको हो ।
यस अघि आर्सनलले मार्क्विन्होस र फाबियो अनुबन्ध गरेको थियो ।