काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् ।
एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बेलले लस एन्जलससँग एक वर्षको सम्झौता गरेका छन् ।
यस्तै सम्झौता थपका लागि विकल्प समेत दिईएको छ ।
स्पेनिस क्लब रियल मड्रिड छाडेर बेल अमेरिका जान लागेका हुन् ।
३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन् ।
उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएको थिए ।
उनले रियलका लागि २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरेका छन् ।
यस अघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनीलाई अनुबन्ध गरिसकेको छ ।