काठमाडौं । प्रिमियर लिग क्लब बर्नेमाउथले मिडफिल्डर जोए रोथवेललाई अनुबन्धित गरेको छ ।
बर्नेमाउथले जोएलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय मिडफिल्डरले बर्नेमाउथसँग ४ वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले च्याम्पियनसिप क्लब ब्लाकवर्ण रोभर्सबाट खेलेका थिए ।
इंग्ल्यान्डको उमेर समूहबाट खेलिसकेका उनले गत सिजन ४१ खेलमा ३ गोल गरेका थिए ।
उनी अक्सफोर्ड युनाईटेडबाट २०१८ मा ब्लाकवर्ण आएका थिए ।