काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले सेनेगलका फरवार्ड साडियो माने अनुबन्ध गर्ने योजना बनाएको छ ।
जर्मन च्याम्पियन बायर्नले लिभरपुलका फरवार्ड अनुबन्धको लागि तयारी गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
बायर्नले च्याम्पियन्स लिगको फाइनलपछि माने अनुबन्धको प्रस्ताव गर्ने बताईएको छ ।
बायर्नले उनलाई अनुबन्धको लागि ३० मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको छ ।
३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनको सम्झौता आगामी सिजनको अन्त्यसँगै सकिदैछ ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायतका उपाधि जितिसकेका छन् ।
मानेले च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलमा आफ्नो भविष्यबारे जवाफ दिने बताईसकेका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले आज राति रियल मड्रिडसँग खेल्दैछ।