काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले १९ वर्षीय फरवार्ड जयडेन ब्राफलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले फ्री ट्रान्सफरमा म्यानचेस्टर सिटीबाट ब्राफलाई अनुबन्ध गरेको हो ।
ब्राफले डर्टमण्डसँग तीन वर्षको सम्झौता गरेका छन् ।
डच फरवार्ड २०२५ सम्म जर्मन क्लबमा रहने छन् ।
ब्राफले गत सिजन इटालियन क्लब उडीनेजेबाट लोनमा खेलेका थिए ।
उनले नेदरल्यान्ड्सको यू-१५, यू-१७ र यू-१८ टोलीबाट खेलिसकेका छन् ।
यस्तै डर्टमण्डले गोलकिपर एलेक्स मेयरलाई समेत अनुबन्ध गरेको छ ।
डर्टमण्डले दोस्रो डिभिजन क्लब एसएसभीबाट मेयरलाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय गोलकिपरले डर्टमण्डसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।