काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा सहज जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार झापाले खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
झापाको जितमा विशाल खवासले दुई गोल गरे । पुजन राईले एक गोल थपे ।
खालीबारीका लक्ष्मण थापा मगरले एक गोल फर्काए ।
जितसँगै झापाले ११ खेलमा २८ अंक जोडेको छ । झापा शीर्ष स्थानमा रहेको छ ।
खालीबारी ११ खेलमा १३ अंक जोडेको छ । खालीबारी आठौं स्थान रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।