काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले आफु सम्झौता भएसम्म क्लबमै बस्ने बताएका छन् ।
एक अन्तरवार्तामा अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले आफु पीएसजीमै रहने बताएका हुन् ।
'अहिलेको अवस्थामा पीएसजीको प्रशिक्षकको रुपमा रहेको छु । केहि परिवर्तन भएको छैन । म १०० प्रतिशत यहाँ बस्छु । म पीएसजीमा केन्द्रित छु,' पोचेटिनोले भने ।
पीएसजीसँग पोचेटिनोको सम्झौता सन् २०२३ को जुन ३० सम्म रहेको छ ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
तर, पछिल्लो समय उनले पीएसजी छाड्ने चर्चा चलिरहेको छ ।
'मेरो २०२३ जुन सम्मको सम्झौता छ र म यहाँ जारी राख्न चाहन्छु', उनले थपे ।