काठमाडौं । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर हेन्रिख मिखीतार्यान अनुबन्धको लागि तयारी थालेको छ ।
अर्मेनियाका मिडफिल्डर अनुबन्धका लागि इन्टरले रोमालाई प्रस्ताव गरेको फुटबल इटालियाले जनाएको छ ।
इन्टरले दुई वर्षे सम्झौताको तयारीसहित प्रस्ताव गरेको बताईएको छ ।
यता, रोमाले भने हेन्रिखलाई क्लबलाई राख्न प्रयास गरिरहेको बताईएको छ ।
रोमाले सम्झौता नवीकरणका लागि हेन्रिख समक्ष प्रस्ताव गरिसकेको रिपोर्टअ उल्लेख छ ।
३३ वर्षीय हेन्रिख २०२९ मा आर्सनलबाट रोमा आएका थिए ।
रोमाका लागि हेन्रिखले युरोपा कन्फरेन्स लिगको उपाधि जितिसकेका छन् ।
रोमाका लागि १ सय १६ खेलमा उनले २९ गोल गरेका छन् ।