काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलमा आफ्नो भविष्यबारे जवाफ दिने बताएका छन् ।
बार्सिलोना र बायर्न म्युनिख जाने चर्चा चलिरहेको बेला मानेले च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलमा आफ्नो भविष्यबारे जवाफ दिने बताएका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले रियल मड्रिडसँग खेल्दैछ । पेरिसमा हुने खेल शनिबार राति हुनेछ ।
'म शनिबारको खेलमा पूर्णतया केन्द्रित छु । त्यो जवाफ मैले फाइनल अघि दिनैपर्छ । निश्चित रूपमा म तपाइँलाई शनिबार उत्कृष्ट जवाफ दिनेछु,' मानेले भनेका छन् ।
३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनको सम्झौता आगामी सिजनको अन्त्यसँगै सकिदैछ ।
सेनेगलका फरवार्डले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायतका उपाधि जितिसकेका छन् ।
मानेले आफु क्लबलाई मद्दत गर्न सधै मेहेनत गरिरहेको समेत बताए ।
'हरेक दिन पिचमा र जिममा कडा मेहनत गरिरहेको छु र म अझ राम्रो हुँदै छु । त्यो सबैभन्दा महत्त्वपूर्ण छ । म टोलीलाई मद्दत गर्न सक्दो प्रयास गरिरहेको छु,' उनले थपे ।