काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् ।
नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्ध जनवरी २९ र फेबु्रअरी १ तारिखमा दुई मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दैछ ।
सोही मैत्रीपूर्ण खेल अघि अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीहरुमा जाने सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
साथै मैत्रीपूर्ण खेलमा पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने समेत बताएका छन् ।
‘मरिससको राष्ट्रिय टोलीसँग हाम्रो दुई खेल हुनेछन र सधैझै हरेक खेलमा जित हात पारे खेलाडीहरु प्रशंसाको हकदार हुनेछन भने हार भएको त्यसको दोष केवल ममाथि मात्रै हुनेछ । हाम्रो उदेश्य भनेको खेलाडीहरुमाथि कुनै प्रकारको क्रुरता नदेखाइयोस,’ अलमुताइरीले लेखेका छन् ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोली समेत घोषणा गरिसकेको छ ।