काठमाडौं । फुटबल व्यवस्थापक रोय हडसनलाई एउटा कुरामा महारथ प्राप्त छ र त्यो हो, रेलिगेसनमा पर्न लागेका क्लबलाई बचाउने । उनको व्यक्तिगत इतिहास पल्टाउने हो भने त्यही देखिन्छ । यिनै ७४ वर्षीय हडसनले फेरि एकपल्ट प्रशिक्षकको भूमिका सम्हालेका छन् र यसपल्ट उनको काम हो, वाटफोर्डलाई रेलिगेसनबाट बचाउने ।
इंग्लिस प्रिमियर लिग क्लब वाटफोर्ड अहिले गम्भीर संकटमा छ र इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केको सिजन नै फेरि घटुवामा पर्ने सम्भावना धेरै छ । त्यसैले वाटफोर्डले क्लाउडियो रेनेरीलाई वर्खास्त गरेर उनलाई व्यवस्थापकमा नियुक्त गरेका छन् । हडसनले भने सन्यासको निर्णय फिर्ता लिएर फेरि क्लब व्यवस्थापनमा लागेका हुन्।
आठ महिना अगाडि मात्र आफू केही बुढो भयो भनेर हडसनले क्रिस्टल प्यालेस छाडेका थिए । तर उन त्यस निर्णयलाई फेरेर वाटफोर्ड हेर्ने काम गरेका छन् । अब प्रश्न हो, के उनले वाटफोर्डलाई बचाउन सक्ने छन् त ? उनकै भाषामा भन्दा उनी यसमा पर्याप्त सम्भावना देख्छन् र भन्छन्, वाटफोर्डलाई बचाउन सकिनेछ ।
उनले वाटफोर्ड जुन स्थितिमा त्यही स्थितिबाट प्यालेस, फुलहम र वेस्ट ब्रुमलाई जोगाएका थिए । उनी भन्छन्, ‘म मान्छुं, मेरोसामु ठूलो चुनौती छ, र मैले यसलाई स्विकार पनि गरेको छुं । यदी खेलाडीले सक्दो प्रदर्शन गर्ने हो भने वाटफोर्ड अर्को सिजन पनि प्रिमियर लिगमै रहनेछ । यो कुरामा म आत्मविश्वास छुं ।’
–मिररको सहयोगमा ।