काठमाडौं । मालीलाई हराउँदै इक्वेटोरियल गिनी अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा मालीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएर गिनीले अन्तिम आठको यात्रा तय गरेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
अब गिनीले क्वाटरफाइनलमा सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।