काठमाडौं । इजिप्ट अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निरधारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इजिप्टले बाजी मार्यो ।
पेनाल्टीमा इजिप्टका जिजो,अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे ।
आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे ।
तर, एरिक बाइ पेनाल्टीमा चुक्दा आइभरी कोस्ट बाहिरिएको हो । उनको प्रहार इजिप्टका गोलकिपर गाबस्कीले रोकेका थिए ।
अब इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगिसकेको छ ।