काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पर्सिजाले पेर्सितालाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३२ औं मिनेटमा रिओ फाह्मीले गोल गर्दै पर्सिजालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४० औं मिनेटमा टेएलोन कोर्रेयाले गोल गर्दै पेर्सितालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा ताउफिक हिडयडले गोल गर्दै पर्सिजालाई २-१ को जित दिलाए ।
पेर्सिताविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
यस जितसँगै पर्सिजाले २१ खेलमा ३२ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।
पेर्सिता २५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।