काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ४ खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन गर्न पाउने भएको छ ।
प्रिमियर लिगले बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै कम्तिमा ४ खेलाडीमा कोभिड देखिए क्लबले खेल स्थगितको लागि निवेदन गर्न सक्ने जनाएको छ ।
प्रिमियर लिगले यो नियम फेब्रुअरी ५ बाट लागु हुने जनाएको छ ।
क्लबले दिएको आवेदनपछि कोभिड संक्रमणको दरलाई हेरेर प्रिमियर लिगले निर्णय गर्ने बताईएको छ ।
पछिल्लो समय कोभिड-१९ को संक्रमणको कारण थुप्रै खेलहरु स्थगित हुँदै आईरहेको छ ।