काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बुधबार दुई खेलका लागि टिम घोषणा गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरेका छन् ।
प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर दुई फरक टिम बनाएका हुन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । दुबै मैत्रीपूर्ण खेल ४:४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।
एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।
मरिससको टोली सोमबार नै नेपाल आईसकेको छ ।
नेपाली टोली :
पहिलो मैत्रीपूर्णका लागि टिम :
किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी,सुदिप गुरुङ, सुमन लामा,ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ति मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ
दोस्रो मैत्रीपूर्णका लागि टिम :
किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर,अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ