काठमाडौं । सेनेगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा केप भर्डेलाई २-० गोल अन्तरले हराउँदै सेनेगल क्वाटरफाइनलमा पुगेको हो ।
सेनेगललाई जित दिलाउन साडियो माने र बाम्बा डीइङले एक एक गोल गरे ।
खेलको ६३ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।
यस्तै खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो ।
भर्डेका प्याट्रिक र भोजिन्हाले रातो कार्ड पाएका थिए ।