काठमाडौं । गाम्बिया अफ्रीका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको अन्तिम १६ को खेलमा गिनीलाई १-० गोल अन्तरले हराएर गाम्बियाले अन्तिम आठको यात्रा तय गरेको हो ।
गाम्बियाको जितमा मुसा बारोले निर्णायक गोल गरे ।
उनले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् ।
यस्तै अन्तिम समयमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
८७ औं मिनेटमा युसुफा एनजीले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा समेटिएको थियो ।
यस्तै इन्जुरी समयमा गिनीका इब्राहिमा कोन्टेले रातो कार्ड पाएका थिए ।
यस जितसँगै गाम्बिया पहिलो पटक अफ्रीका कपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।