काठमाडौं । ट्युनिसिया अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित नाइजेरियालाई १-० गोल अन्तरले हराउँदै ट्युनिसिया क्वाटरफाइनलमा पुगेको हो ।
ट्युनिसियालाई जित दिलाउन युसुफ एमसाक्नीले निर्णायक गोल गरे ।
उनले खेलको ४७ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो ।
अब नाइजेरियाले अन्तिम आठमा बुर्किना फासोसँग खेल्नेछ ।
बुर्किनाले गाबोनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।