काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले अलाभेसमाथि जित निकालेको छ ।
बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एकमात्र गोल फ्रेन्की डि जोङले खेलको ८७ औं मिनेटमा गरे ।
जितसँगै बार्सिलोना लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २१ खेलमा ३५ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको हो ।
अलाभेस भने २२ खेलमा १७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ ।