काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई ४-१ गोल अन्तरले हराएको हो ।
हेर्थाको मैदानमा कोरेन्टिन टोलीसोले २५ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
लोरी सानेले ७५ औं मिनेटमा गोल गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो ।
खेलको ७९ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ४-० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा जुर्गेनले एक गोल फर्काएपनि बायर्न ४-१ गोल अन्तरले विजयी भयो ।
यस जितसँगै बायर्नले २० खेलमा ४९ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
हेर्था २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।