काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै महिला लिग स्थगित भएको जनाएको छ ।
प्रतियोगिता माघ १५ गतेबाट सुरु हुने तालिका रहेको थियो ।
तर, कोभिड-१९ को अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।
धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो।
छनौटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।